जनताकोलागि काम गर्न कार्यबिधिमा रहेको नितिगत अस्पष्टतालाई स्पष्ट पार्नुपर्छ – सासंद बिस्ट

सुर्खेत,बिरेन्द्रनगर कर्णाली प्रदेश सासंद ठम्मर बिष्टले कुनैपनि बाहानामा जनता र बिकासको काम रोकिनु नहुने बताएका छन । आज सुर्खेतमा प्रदेश सभा निर्वाचन क्षेत्र आवास समन्वय  समितिको बैठकमा सासंद बिष्टले उक्त कुरा बताएका हुन ।

बैठकमा बोल्दै सासंद बिष्टले जनताका लागि कामको रफतार बढाउनु पर्ने भन्दै कार्यबिधिमा रहेको अस्पष्टतालाई स मेत स्पष्ट पार्नु पर्ने जिकिर गरे । उनले कार्यबिधिमा रहेको अस्पष्टतालाई स्पष्ट पार्ने र तथ्यांक अपडेट गरी कार्यक्रमलाई तत्काल कार्यान्वयनमा लैजाने निर्देशन दिए ।

बैठकमा उच्च सरकारी पदस्थ तथा सरोकारवालहरुको बाक्लो उपस्थीति रहेको थियो ।