चिनियाँ नागरिक लिन जहाज आइपुग्यो
प्रकासित मिति : २०७६ पुस २३, बुधबार १७:१३
प्रकासित समय : १७:१३
काठमाडौँ । नेपालमा पक्राउ परेका चिनियाँ नागरिकलाई लिन चाइना इस्टर्नको चार्टड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ ।
सो जहाजमा पक्राउ परेकामध्ये ४२ जना चिनियाँ नागरिकलाई लगिने छ । महानगरीय प्रहरी वृत्त महाराजगन्ज र बूढानीलकण्ठ बृत्तमा राखिएका ४० जनालाई भाडाको बसमा राखेर प्रहरीले विमानस्थलमा पुर्याएको थियो ।
बाँकी ८० जनालाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टे सिंहदरबार, महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएकालाई भने दोस्रो फ्लाइटमा चीन पठाइएनेछ । गत ७ पुसमा चिनियाँहरु राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए ।