खैरो हिरोइनसहित दुई जना पक्राउ

काठमाडौं- प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले २२४ ग्राम खैरो हिरोइनसहित गोकर्णेश्वरका २० वर्षीय आशिष थापा र झापाका १९ वर्षीय ऋतुहाङ्ग लावतीलाई मङ्गलबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले खैरो हिरोइन झोलामा बोकेर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ चावहिल पानीट्याङ्की नजिकबाट पक्राउ गरिएको जानकारी दिए ।

ब्यूरोले पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।