कारागारमा एक कैदीको मृत्यु

चितवन, भरतपुर कारागारका क्यान्सरपीडित एक कैदीको मृत्यु भएको छ। हेटौँडा १९ का ७१ वर्षीय चन्द्रबहादुर व्लोनको क्यान्सरका कारण बुधबार मृत्यु भएको भरतपुर कारागारले जनाएको छ।

कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्ल्का अनुसार चन्द्र जिब्रोका क्यान्सरबाट पीडित थिए। चन्द्र लागुऔषध मुद्दामा २०७५ साल माघ २२ गते कारागार चलान भएका थिए।

उनलाई २ वर्ष कैद र २५ हजार जरिमाना तोकिएको थियो। २०७६ सालयता मात्रै भरतपुर कारागारमा क्यान्सरका कारण ७ जना कैदीको मृत्यु भएसकेको कार्यालयले जनाएको छ।