हिमालयन शेर्पा र फ्रेन्ड्स जीतविहीन

काठमाडौं,सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै खेल टुङ्ग्याएका छन् ।मंगलबार भएको खेलमा शेर्पा र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् ।

त्रिपुेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले पटक–पटक पाएका गोलको अवसर सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य बनेका हुन् ।

आफ्नो पाँच खेल खेलेका यी दुई टोलीले अहिलेसम्म एक खेलमा पनि जीत हात पार्न सकेका छैनन् ।लिगमा पाँच खेल सकिँदा हिमालयन शेर्पाले ३ खेल बराबरी खेलेको छ भने २ खेलमा हार व्येहोर्दै ३ अंक जोडेको छ । यता फ्रेन्ड्सले दुई खेल बराबरी र तीन खेलमा हारसहित २ अंक जोडेको छ ।शेर्पा लिगको १२ औं स्थानमा छ भने फ्रेन्ड्स १३ औं स्थानमा छ ।