नेपाली र बंगलादेशका कामदार मलेसियाले समान तरिकाले लैजाने
प्रकासित मिति : २०७६ पुस २२, मंगलवार १७:३५
प्रकासित समय : १७:३५
मलेसिया- मलेसियाले नेपालबाट कामदार लैजाने प्रक्रिया अनुरुप नै समानरुपमा बंगलादेशबाट कामदार लैजाने भएको छ ।मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले नेपालसँग भएको श्रम सम्झौता जस्तै बंगलादेशसँग पनि सोही अनुरुप नै श्रम सम्झौता हुने बताएका हुन् ।
बंगलादेशसँग नयाँ श्रम सम्झौताका लागि द्विपक्षीय छलफल अन्तिम चरणमा पुगेको बताउँदै उनले अब हुने नयाँ सम्झौता नेपालसँग भएको सम्झौता जस्तै हुने बताएका हुन् ।नेपाल र मलेसियाबाट समान तरिकाले श्रमिक रोजगारीका भित्र्याउने भनाइ थियो ।
उनले बंगलादेशबाट आएका आप्रवासी कामदारहरूका लागि युरोपको व्यापार प्रतिबन्ध जोखिममा नपर्ने समेत बताएका छन् ।मलेसियाले आप्रवासी श्रमिकको हक-हितका लागि शुन्य लागत लागू गरेको समेत जानकारी दिएका छन् ।