नायक सुब्बा कुइँकेल दुई हजार घुससहित पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय साँखुमा कार्यरत नायब सुब्बा रामेश्वर कुइँकेललाई सेवाग्राहीसँग दुई हजार घुस लिँदालिँदै नियन्त्रण्मा लिएको छ ।

टङ्गालस्थित आयोगको कार्यालयबाट खटिइएको टोलीले उनीसँगै लेखापढी व्यवसायी श्रीराम सापकोटालाई पनि नियन्त्रणमा लिएको हो ।

कुइँकेलले सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरेबापत यो रकम घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरीकार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक हेमन्त केसीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।उनले ७ हजार घुस लिई ती व्यक्तिलाई छुटाएको आयोगले जनाएको छ ।