अन्ततः डिएसपी चन्दले सम्हाले कोहलपुर प्रहरीको कमाण्ड

कोहलपुर,बाँके इलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले सम्हालेका छन् । यसअघिका डिएसपी हेम बहादुर शाही विवादीत बनेपछि उनको स्थानमा डिएसपी चन्द आइपुगेका हुन् ।

कोहलपुर प्रहरीको कमाण्ड सम्हान प्रहरी प्रधान कार्यालय प्रहरी कर्मचारीको पिरमर्का छानबिन इकाई नक्साल काठमाडौंबाट उनी आएकाे बताइएकाे छ । उनले सोमबारबाट नै इलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेका छन् ।