सामाजबादी र राजपाले मधेसको लागि घात गरे : जनमत पार्टी बाँके

नेपालगन्ज ,बाँके डा सिके रावत नेतृत्वको दल जनमत पार्टीले सामाजवादी पार्टी र राजपाले मधेसी जनताको लागि घात गरेको बताएको छ ।

आज बाँकेमा पत्रकार सम्मेलनको आयोजना गरि बिगतमा नेकपा र नेपाली काँग्रेस बिरूद्भ नारावाजी गरि मधेसीसमुदायलाई  सडकमा उपयोग गरि खिल्ली उडाएको दाबि गरेको छ ।

नेकपा र नेपाली काँग्रेससंग गठजोड गरि मधेसबादीहरूसंग आत्मघात गरेको बताएको छ ।  जननमत पार्टीले यस्तो रबैयाको घोर निन्दा समेत गर्ने बताइएको छ ।

मधेसी जनताको मल आधार राजपा ,सामाजबादीको बहिष्कार  भन्ने  मुल मान्यताको आधारमा बहिष्कार गर्ने बताइएको छ ।

जनमत पार्टी बाँकेले विभिन्न मधेस आन्दोलनको नाममा भएका आन्दोलनले पाएका उपलब्धिको बिषयमा समेत प्रश्न चिन्ह खडा गरेको छ ।