सहिद स्मारक ए डिभिजन लीग आजबाट शरू

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत पाचौं चरणका खेल आजबाट सुरु हुँदै छन्। खराव मौसमको कारण देखाउँदै खखिल नेपाल फुटबलसंघ एन्फाले लिग निर्धारित पाँचौ चरणका खेलहरु दुई दिन स्थगित गरेको थियो। लिगको चौंथो चरणको खेल बिहिबार सकिएको थियो।

चौंथो चरणको सबै खेल एन्फा कम्पलेक्स सातदोबाटोमा खेलाईएको थियो। जवनरी १ बाट भ्रमण वर्षको औपचारीक सुरुवात गर्नका लागि रंगशालाका खेलहरु एन्फा कम्प्लेक्समानै सारिएको थियो। एन्फाले आइतबार सार्वजानिक गरेको पाँचौं चरणको खेलको कार्यतालीका अनुसार सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

पाचौं चरणको पहिलो दिन दुई खेल हूदैछन्। पहिलो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबीच प्रतिस्पर्धा हुने कार्यतालीका रहेको छ। दशरथ रंगशालामानै हुने दोस्रो खेलमा उपाधि दाबेदार तथा जारी लिगमा अपराजित रहेका दुई टोली मछिन्द्र क्लब र साविक विजेता मनाङबीच प्रतिष्पर्धा हुँदै छ।

यस खेललाई बहुप्रतिक्षीत खेलका रुपमा हेरिएको छ। किनकी मनाङलाई साबिक च्याम्पियन बनाएका ७ खेलाडी अहिले मछिन्द्रमा रहेका छन्। यस्तै मनाङको खेलबाट अन्जन बिष्ट लिगमा फर्कने छन्। ‘डिस्को काण्ड’ मा मुछिएका अन्जन प्रतिबन्ध फुकुवा पछि पहिलो पटक प्रतिष्पर्धा गर्न लागेका हुन्।

लिगको चौंथो चरण सकिदा मनाङ अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ। यद्यपी चौथो खेलमा फ्रेन्ड्सले मनाङका लगातारको जितयात्रामा भने ब्रेक लगायो। मनाङलाई फ्रेन्डसले १–१ को बराबरीमा रोकेपनि शिर्ष स्थानमा भने कायम छ। मनाङले चार खेलबाट १० अंक जोडेको छ।