वन मौरीले टोक्दा १ जनाको मृत्यु
प्रकासित मिति : २०७६ पुस २१, सोमबार १४:२६
प्रकासित समय : १४:२६
भरतपुर, चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको हो ।
घरमै बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइए पनि उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।मृतक थरुनीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।