माघीको अबसर पारेर प्रदेश ५ मा २ दिन सार्वजनिक बिदा
प्रकासित मिति : २०७६ पुस २१, सोमबार २०:०६
प्रकासित समय : २०:०६
नेपालगन्ज,बाँके थारु समुदायको महान पर्ब माघीको अबसरमा प्रदेश नम्बर ५ सरकारले २ दिन सार्वजानीक बिदा दिने भएको छ । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको हो ।
प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेकोले प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको प्रबक्ता चौधरीले जानकारी गराए ।