चार मुलुकका लागि श्रम काउन्सिलर

काठमाडौं,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार कार्यरत विभिन्न चार मुलुकका लागि श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ ।

साउदी अरेबियाको श्रम काउन्सेलरमा जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई छनोट गरेको हो । त्यसैगरी बहराइनका लागि श्रम सहचारीमा दामोदार दाहाल र कतारका लागि अनुज गौतम छनोट भएका छन् ।

लामो समयसम्म श्रम काउन्सेल र सहचारी नियुक्त हुन नसक्दा अप्ठ्यारोमा परेका नेपाली कामदारलाई सहजीकरणमा समस्या हुँदै आएको थियो ।

श्रम मन्त्रालयले श्रम काउन्सिलर र सहचारी छनोटका लागि २०७४ माघ २५ र २०७६ पुस २१ मा सूचना प्रकाशित गरेको थियो ।

काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ मा भएको व्यवस्था बमोजिक काउन्सेलर तथा सहचारी छनोट गरिएको मन्त्रालयले जनाएको छ ।