गाई,गोरु तस्करी बिरूद्भ नेपालगन्जमा नाराबाजी यातायात अबरुद्ध
प्रकासित मिति : २०७६ पुस २१, सोमबार १४:१५
प्रकासित समय : १४:१५
नेपालगन्ज, बाँके नेपालगन्जबाट गाई र गोरु तस्करी भएको भन्दै स्थानीय युवाहरूले नाराबाजी गरेका छन । तस्ककरहरूले उल्टै स्थानीय युवा हुकम केसीलाई कुटपिट गर्दा प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै नेपालगन्ज सुर्खेत रोडको राँझामा टायर बालेर नारावाजी गरेका हुन ।
लामो समयदेखि तस्करी भएपनि ठुलाहरूको संरक्षणमा झन मौलाएको भन्दै स्थानीय युवाहरू आक्रोशित भएका हुन । गाई गोरु तस्करीको बिरोध गर्दा तस्करहरूको समुहले स्थानीय युवा हुकम केसीलाई कुटपिट समेत गरेको बताईएको छ ।
उनिहरूले गोरु तस्करहरूलाई समात्नु भन्दा पनि प्रहरी प्रशासनले उल्टै संरक्षण गरेको आरोप लगाएका छन । उनिहरूले नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुने ठाउँमा तस्करी हुन दुखद भएको भन्दै नारावाजी गर्दै आईरहेका छन ।