नेकपाको केन्द्रीय बैठक स-यो

काठमाडौं । नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैटक माघ १५ गतेबाट बस्नेगरी मिति परिवर्तन भएको हो 

आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो ।

यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौँमा बस्ने निर्णय गरेको थियो ।