उम्मेदवारी दर्ता गराउन ढिलो पुगेपछि……

जनकपुर,राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ बाट एक उम्मेदवार ढिला गरि निर्वाचन आयोगको कार्यालय पुग्दा उम्मेदवारी दर्ता गराउनबाट बञ्चित भएका छन् ।

निर्वाचन आयोगले निर्धारण गरेको समय भन्दा २५ मिनेट ढिलो पुगेपछि नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मोहम्मद अख्तर हुसेन निर्वाचन अधिकृतको कार्यालय पुगेर पनि मनोनयन दर्ता गराउन सकेनन् ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताका लागि आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरेको थियो थियो । २५ मिनेट ढिला गरी पुगेपछि मनोनयन दर्ता हुन नसकेको सहायक निर्वाचन अधिकृत पुष्पा झाले बताइन् ।

नेपाल सङ्घिय समाजवादी पार्टीबाट प्रदेश सभामा सावित्री देवी साह निर्वाचित छिन् । यस पार्टीले रौतहटको केही स्थानीय तहमा जनप्रतिनिधि जितेको छ ।