राजनीतिलाई समाज सेवामा स्थापित गर्ने भन्दै शर्माले दिए पार्टीलाई धन्यवाद !
काठमाडाैँ, आसन्न माघ ९ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफुलाई उम्मेदवार बनाउने निर्णय गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मायाप्रसाद शर्मा (पारसमणी) ले पार्टीलाई हार्दिक धन्यवाद दिएका छन् । राजनीतिलाई समाज सेवामा स्थापित गर्ने भन्दै शर्माले पार्टीलाई हार्दिक धन्यवाद दिएका हुन ।
शुक्रबार प्रधानमन्त्री निबास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले शर्मालाई उम्मेदवार बनाउने आधिकारीक निर्णय गरेपछि शर्माले पार्टीलाई धन्यवाद दिएका हुन् । सरकारी पदमा पुगेपछि राजनीतिलाई कमाई गर्ने गर्ने व्यवसायका रुपमा स्थापित हुदै गएको बताउदै नेता शर्माले आफुले राजनीतिलाई कमाई गर्ने व्यवसाय नभएर समाज सेवाका रुपमा स्थापित गर्ने बताएका छन् ।
नेकपा सचिवालय बैठकले कर्णाली प्रदेशबाट शर्मासंगै महिला कोटाबाट सुनीता केसीलाई राष्ट्रि सभा सदस्यको उम्मेदवार बनाउने आधिकारीक निर्णय गरेको थियो । पार्टी सचिवालयले गरेको निर्णयलाई स्वागत गर्दै नेता शर्माले आगामी माघ ९ गतेको राष्ट्रिय सभा सदस्यको निर्बाचनमा भाग लिने बताएका छन् ।
उक्त निर्बाचनमा भाग लिएर बिजय भएपछि नेता शर्माले नेपाल सरकारले निर्माण गर्ने ऐन, कानुन, नीति तथा कार्यक्रमलाई जनमैत्री बनाउनेमा आफुले जोड दिने बताएका छन् । जनताको सर्वोपरि हितमा रहेर नेपाल सरकारले निर्माण गर्ने कुनै पनि ऐन, कानुन, नीति तथा कार्यक्रममा आफुले छलफललाई केन्द्रित गर्ने बताएका छन् ।
काे हुन त शर्मा ?
२०२० साल असार १५ गते जाजरकोट भेरी नगरपालिका–१२ जगतिपुरमा जन्मिएका नेता शर्मा २०३८ सालमा अखिल विद्यार्थीको संगठित सदस्य भएर राजनीतिक यात्रा सुरु गरेका शर्मा निरन्तर राजनितिमा सक्रिय छन । २०४२ सालमा शिक्षक संगठनमा आवद्ध भएर २०४७ साल देखि पार्टी राजनितिमा संलग्न भएका नेता शर्मा नेकपा मशालको जिल्ला कमिटी सदस्य, संयुक्त जनमोर्चाको जिल्ला उपाध्यक्ष हुदै नेता शर्मा नेकपा (माओवादी) बाट २०५१ साल देखि २०६३ सालसम्म भुमीगत राजनीति गरेका थिए ।
नेकपा (माओवादी) को केन्द्रिय सदस्य, पोलिटब्युरो सदस्य हुँदै नेता शर्मा सचिवालय सदस्यसम्मको पदमा पुगिसकेका शर्मा जनयुद्भका महत्वपुर्ण हस्ति हुन ।
बिगत जनयुद्धकालमा दैलेख, जाजरकोट, सुर्खेत, कालिकोट, डोटी, कैलाली, अछाम र बाजुरा जिल्लामा पार्टी संगठन बिस्तार गर्नुको साथै ठुला–ठुला युद्ध मोर्चाको नेतृत्व गरेका शर्मा हालसम्म लाभ हासिल गर्ने पदमा नपुगेका नेताहरु मध्येका एक हुन् । विचार, राजनीतिमा खरो स्वभाव देखाउदै आएका नेता शर्मा सिद्धान्तमा निष्ठाबान र संगठन परिचालनमा क्रियाशिल नेताहरु मध्येका एक हुन् ।
२०६४ सालको संविधान सभाको निर्वाचन पश्चात समानुपातिक सभासद भएका नेता शर्माले राजनैतिक जीवनको अधिकांँश समय पार्टी संगठन परिचालन गर्ने काममै खर्चने गरेका थिए । आफु राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भए पश्चात नेता शर्माले नेपाल सरकारको नीति निर्माणमा मात्र नभएर समाज रुपान्तरणमा पनि जोड दिने बताएका छन् । आफ्नो अधिकार क्षेत्रभित्र रहेको साधन श्रोतलाई भरपुर मात्रामा सदुपयोग गरेर पुर्वाधार विकास र सामाजिक परिवर्तनको पक्षमा जोड दिने नेता शर्माले बताएका छन् ।
२०६४ सालको संविधान सभाको निर्वाचन पछि शर्मा २०६५ सालमा समानुपातिक सभासद भएका थिए । २०६९ सालमा नेकपा (माओवादी) पार्टी विभाजन पछि नेता शर्मा बैद्य समुहमा लागेका थिए । रामबहादुर थापा बादलसँगै शर्मा पनि नेकपा माओवादी केन्द्रमा पुनरागमण भएका थिए ।
आईए सम्मको औपचारिक शिक्षा हासिल गरेका शर्माले माईला भाई इन्द्रलाल, बहिनी ममिता,ज्वाँई बुद्धि चपाई र ठुलो बुवाका छोरा भद्रलाल ससस्त्र युद्धमा गुमाई सकेका छन् । शर्माका कान्छा भाई रामदीप आचार्य नेकपाकै केन्द्रिय सदस्य छन् भने, भाई बुहारी कृष्णा शाह कर्णाली प्रदेश सभा सदस्य छन् ।