राजपाले लगायो राष्ट्रियसभा उम्मेदवार
प्रकासित मिति : २०७६ पुस १९, शनिबार १६:५२
प्रकासित समय : १६:५२
काठमाडौँ , राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभाको लागि पार्टीका दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो ।
मृगेन्द्र सिह राजेन्द्र महतो निकट मानिन्छन् भने भने शेखर सिंह शरतसिंह भण्डारी निकटका मानिन्छन् ।
राजपाले प्रदेश नम्बर २ मा दुई सिटका लागि सत्तारुढ दल नेकपासँग तालमेल गरेको छ । नेकपाले यसअघि नै १६ सिटमा उम्मेदवार तय गरिसकेको छ।

