रसुवाको मूलखर्कमा बस दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौ, काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ गइरहेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि ८ यात्रु घाइते भएका छन् ।

प्रदेश ३ ख ९४६५ को बस कालिका गाउँपालिका–१ मूलखर्कको पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्कमा शनिवार दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइतेलाई काठमाडौँ र धुन्चे पठाइएको तथा उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।