यसरी घुस लिँदालिँदै फन्दामा परे कार्यालय प्रमुख र दुई इञ्जिनियर

सिराहा,विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य आम जस्तै छ । पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन कार्यालय लाहान, सिराहाका इञ्जिनीयरसहितका कर्मचारी पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद साह सेवाग्राहीसँग रु तीन लाख घुस लिँदालिँदै पक्राउ परेको छन् । इञ्जिनीयर नवीनकुमार साह र सवइञ्जिनीयर वीरेन्द्रकुमार साहलाई रु १५ लाख ९६ हजार घुससहित पक्राउ गरेको छ ।

कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीवासबाट गएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो । आयोगले उनीहरुलाई कार्यालय परिसरबाट शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धानपछि आज सार्वजनिक गरेको हो ।