यसकारण समात्यो प्रहरीले आठ सरकारी मोटरसाइकल
जनकपुरधाम,सिरहामा शनिबार आठ वटा सरकारी नम्बर प्लेटका गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारी गाडीको दुरुपयोग हुन थालेपछि सिरहामा त्यसलाई रोकथाम गर्न प्रहरी सक्रिय भएको छ। शनिवार विदाको दिन जिल्लाको विभिन्न स्थानबाट सरकारी नम्बर प्लेटका गाडीलाई नियन्त्रणनमा लिएको सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयबाट सरकारी सवारी साधनहरु चलाउन वितरण गरिने ‘पास’ विना चलाइरहेको अवस्थामा आठ वटा सरकारी नम्बर प्लेटका मोटरसाइकललाई नियन्त्रणमा लिएको बताए।
नियन्त्रणमा लिएको सरकारी नम्बर प्लेटको गाडि शनिवार साँझ नै विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुलाई चेतावनी दिएर छाडेको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए। आगामी दिनमा विना अनुमति विदाको दिन सरकारी गाडी चलाए कारवाही गर्ने चेतावनी दिएर गाडी छाडेका हुन्। पछिल्लो समय सरकारी नम्बर प्लेटको गाडीको दुरुपयोग बढेको छ।