चन्द्रागिरीमा हिउँ पर्‍यो

काठमाडौं– वर्षासँगै काठमाडौँको चन्द्रागिरीमा हिमपात भएको छ । शुक्रबारदेखि नै सामान्य हिउँ पर्न थालेकोमा शनिबार थप हिमपात भएको हो । हिमपात भएसँगै चन्द्रागिरीमा हिउँ खेल्न पुग्नेहरुको भिडभाड देख्न सकिन्छ ।

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता मौसम प्रभावित भएको छ । जसका कारण देशका विभिन्न स्थानमा हिमपात भएको छ भने चिसो बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार साँझदेखि मौसममा क्रमशः सुधार हुँदै जानेछ ।