अछाममा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

अछाम, अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।पूर्बि अछामको पञ्चदेवल बिनायक नगरपालीका वडा नः ४ कालीकास्थान को पलाँता खाल नजिकै भे १ त ८२९४ नम्बरको ट्रयाक्टर भिरबाट खस्दा ट्रयाक्टर चालकको घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय बिनायकका प्रमुख पर्मानन्द जोशीले बताए ।

मृत्यू हुनेमा दैलेखको आठबिस नगरपालीका वडा न. ३ बस्ने अन्दाजी २८ बर्षिया दिनेश बिक रहको बुझिएको छ । ट्रयाक्टर हिजो रातिनै दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मँगलसेन नगरपालीका वडा न. १२ बस्ने शेर बहादुर रावलको भएको बुझिएको छ ।

आफुले आज बिहान १० बजे तिर मात्रै खबर पाएकाले अहिले प्रहरीको टोली घटनास्थल मा खटिएको ईलाका प्रहरी प्रमुख जोशीले बताए । ट्रयाक्टर के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान बाट मात्रै खुल्ने उनले बताए ।