प्रधानमन्त्री ओलीले यसकारण गरे मोदीलाई फोन
प्रकासित मिति : २०७६ पुस १७, बिहीबार ०८:१८
प्रकासित समय : ०८:१८
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । नेपालमा बुधवार ‘भिजिट नेपाल २०२०’ घोषणा भएकै दिन प्रधानमन्त्री ओलीले छिमेकी समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।
दुई देशबीच पछिल्लो समय उत्पन्न सीमा समस्या समाधान गर्न पहल चलिहेकै बेला प्रधानमन्त्रीले गरेको निमन्त्रणालाई महत्वका साथ हेरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।