नयाँ बर्षमा प्रधानमन्त्रीको सन्देश: जनताका अपेक्षा विफल हुन दिनेछैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट भएको जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षा विफल हुन नदिने संकल्प गरेका  छन् । प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सन्देश दिर्दैै राष्ट्रिय समृद्धितर्फका पाइला आउँदा दिनमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

‘अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाइमा उठ्ने छ । जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्ने छ ।’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित भएको बताएका छन् ।

उनले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारका अवसरमा पनि शुभकामना व्यक्त गरेका छन् । उनले तमु ल्होसार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षासमेत गरेका छन् ।