४६ बर्षसम्म आरन चलाएर फलाम फेरियो,फेरिएन जीवन
कहिलेकाँहि फलाम पिटदापिटदै दिक्क हुन्छन पद्दिपे कामी लामो सुस्केरा हाल्दै भन्छन जिन्दगीलाई फलामले नराम्ररी पिटयो । कालिकोट पलाँताका पद्दिपे कामीले फलामसंग मितेरी गाँसेको ४६ बर्ष पुगेछ । सम्झदा चकित हुन्छन उनि भन्छन गरिबको सहारा भगवान बाहेक अरु कोहि हुदैनरहेछ ।
४६ बर्ष अगाडि जन्मीएको एउटा बालक अधभैसे भैसक्यो तर उनको पेशा भनै उस्तै छ । समयले उनलाइ ७ सन्तानको पिता बनाएको छ । ६ छोरा र १ छोरि छन् । त्यसमध्ये ५ नातिनातिना पनि खेलाउन पाएका छन । थपिएको नाममा यिनै सन्तानहरु हुन । जिन्दगीले फलाम पिटयो तर भबिश्य पिटेन ।
उनी भन्छन् । म सानो १३ बर्षको थिएँ त्यतिबेला मेरा बाबाआमा यहि फलाम पिट्ने र यसबाट बन्ने भाँडाकुँडा, सब्बल, घैटी,कुटो,कोदालो, बाउसो,हंसिया,बनाउने काम गरेर जिबिको पार्जन गर्थे । बा बुढो भएपछि म पनि यहि पेसामा लागेँ । खान लाउन नपुग्ने त्यतिबेला ।
बाको नामको एक कठ्ठा जग्गा त्यसमा पनि हामी ५ जना खाने हुन्थ्यौं । २ महिना पनि नपुग्ने । यहि आरन लगाएर फलाम पिटेर जीवन निर्वाह गर्थौँ । गाउँमा साहुको घर गएर नुन तेल, पिठो, धान,मकै, गहुँ , फापर लगाएतका खानेकुरा ल्याएर आमाबाले हामिलाई पालेका हुन ।
गाउँघरमा उतिबेला पढ्ने परिस्थिति थिएन र गरिबको भाग्यमा पढन लेखेको पनि थिएन । त्यसैमा म दलितको छोरा आकाशको फल आाखा तरी मर भने जस्तै भयो । ठकुरीहरुको हालिमुहाली भएको ठाउँमा उनको रौ हल्दिैनथ्यो उनि भन्छन जिन्दगी यसरी नै गुम्सीएर रहयो । हामिजस्ता दलित त त्यतिबेला मन्दिर जस्तै थिए । बाहिर बाट देख्न सकिने तर भित्र पढ्न मनाही । ६१ बर्षका उनि आफनो पेशाप्रति गर्ब गर्छन । भन्छन यो पेशा अंगालेको ४६ बर्ष बित्यो जिवन बित्यो तर पछुतो भने एकरति छैन ।
सन्तानले समेत साथ छोडे
जेठो र माइलो छोरा बुहारी ल्याएर छुट्टीएर अलग अलग बस्छन् । साना छोराछोरी र एक मेरो स्वास्नी छ त्यै पनि धेरै काम गर्न सक्दिन । ठुला छोराहरु छोडेर आफ्नो ब्यवस्था तिर लागे । साना भाईबहिनी र हामी बुढाबुडीलाई उस्तै दुख छन् । छोराछोरीलाई राम्रोसँग पढाउन पनि सकिएन ।
पढ भनेपछि मान्दैनन् क्यारु म एक्लो बुढो यसैगरी फलाम पिट्दै दिन जादा छन । नापानापा तन्नेरी अलिअलि जवान भया भने देस गइ कमाई खाईअल्ला हुन उनले आफ्नै स्थानीय भाषामा दुखेसो पोखे। दुई छोरा अलि ठुला छन् तिनले अहिले घरखर्च चलाइरहेका छन् ।
बा को नामको ४ पाथी ९एक कठ्ठा ० जग्गा छ त्यसले यत्रो परिवारलाई पुग्दैन । अचेल खेतमा फलेको धान गाहुँ ले ३ महिना पनि पुग्दैन । ९ महिना किनेर खानुपर्छ । अलिअलि कमाउने छोरा हामिलाई वास्ता गर्न छोडे । ४६ बर्स सम्म केही परिवर्तन हुन सकिन । हिजो जहाँ थिएँ आज पनि त्यही ठाउँमा छु ।
भोलि के हुन्छ कसलाई के थाहा भनेर भने । कहिलेकाही घर बनाउन जान्छु यहि जिविकोपार्जन को लागि त्यही बाट आएको अलिअलि पैसाले घर खर्च चलाएको छु । उनी झन्डै ५०० वटा घरदुरिको भाँडाकुँडा र सामन बनाउने एक्लो दम्पती हुन । उनी रहदासम्म यो भाडाकुडा बनाउने काम उनले मात्र गर्ने देखिन्छ । अरु कोहि दम्पति यस्तो पेशामा लागेको देखिदैन । अन्तमा यिनै ५०० वटा घरदुरी को गाउँले नै उनको परिवारलाई धानेको देखिन्छ उनी बताउछन् ।
राज्यले समेत देखेन
उनको एकमात्र गुनाशो छ राज्यले हामी गरिबलाई देखेन । कर्णाली जस्तै गुम्सीएर बस्नु परेको बताउछन । दलित गरिब र बिपन्नका लागि बग्रेल्ती संघ संस्था आएपनि उनले आफुलाई नदेखेको गुनाशो छ । परिबर्तनका नाममा जतिसुकै राजनितिक क्रान्ति भएपनि गरिबका लागि क्यै नभएको दुखेशो छ ।