चालकलाई नै किच्यो ट्रयाक्टरले
तनहुँ ,व्यास नगरपालिका १ गल्बुवेशीमा ट्रयाक्टर चालकम मृत भेटिएका छन्। क्षत्री समाजको भवन नजिकै म्याग्दे गाउँपालिका–१ गुणादीका करिब ३० वर्षीय ट्याक्टर चलाक सुशील परियार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।
परियार छाब्दी बाराही कन्स्ट्रक्सन प्रालिको ग १ त २३८२ नम्बरको ट्रयाक्टर चालक हुन्। परियारलाई सोही कम्पनीको अर्को ट्रयाक्टरले किचेको प्रारम्भिक अनुसन्धानमा भेटिएको प्रहरी उपरीक्षक सिलवालले बताए।
उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानले सवारी दुर्घटना देखिए पनि आशंका गर्न सकिने ठाउँ छ।’ ना ६ त ६८७२ नम्बरको ट्रयाक्टरले किचेको पाइएको प्रहरीले जनाएको छ। उक्त ट्रयाक्टर रगताम्मे अवस्थामा बसपार्कमा भेटिएको थियो।
ट्रयाक्टरका चालक फरार छन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ट्युशन पढ्न जाँदै गरेका विद्यार्थीहरुले देखेपछि प्रहरीमा खबर गरिएको स्थानीयको भनाइ छ।