उखु किसानको रकम नतिर्ने मिल मालिकलाई पक्रन गृहको पत्र

काठमाडौं,सरकारले उखु किसानको करोडौं रुपैयाँ भुक्तानी नगर्ने चिनी मिल मालिकलाई पक्राउ गर्न पत्राचार गरेको छ। गृहमन्त्रालयले गृह मन्त्रालयले उखु किसानहरुको बक्यौता नतिर्ने मिल मालिकलाई पक्राउ गरी उद्योग मन्त्रालयमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर निर्देशन दिएको हो।

sf7df8f}F, !@ k’;Mpv’ ls;fg wgf{df cGgk”0f{ / dxfnIdL ;’u/ ldN;n] ;nf{xLsf pv’ ls;fgnfO{ aSof}tf /sd e’QmfgL gu/]kl5 zlgaf/ sf7df8f}Fsf] dfOtL3/ d08nfdf wgf{df a;]sf pv’ ls;fg . t:jL/M /fhf/fd sfsL{÷/f;;

गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माका अनुसार कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो। ‘हामीलाई बक्यौता नतिर्ने मिल मालिकबारे कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र प्राप्त भएको छ’, शर्माले थाहाखबरसँग भने, ‘उक्त पत्रका आधारमा गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर उखु किसानको वक्यौता भुक्तानी नगर्नेहरुलाई खोजेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार भनेका छौँ।’

उखु किसानको वक्यौता भुक्तानी नदिने श्रीराम, अन्‍नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र बागमती सुगर मिलका मालिकलाई पक्राउ गरी उद्योग मन्त्रालयमा बुझाउन गृहले निर्देशन दिएको हो। यी मिलका सञ्चालकले उखु किसानलाई एक अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। चिन मिल मालिकहरुले सर्लाहीसहितका जिल्लाका किसानको ६ वर्षदेखिको वक्यौता भुक्तानी नगरेका हुन्।

किसानको वक्यौता भुक्तानी नदिएर ठगी गरेको अभियोगमा यसअघि पनि पक्राउ गर्न खोजिएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरेको भन्दै तत्कालीन उद्योगमन्त्री मातृका यादवले गुनासो गरेका थिए । उनले प्रधानमन्त्रीले हस्तक्षेप गरेकै कारण कारवाही गर्न नसकेको सार्वजनिक अभिवयक्ति दिएका थिए।

मन्त्री यादवले मिल मालिकहरुलाई पक्राउ गरेर ठगी मुद्दा चलाउन खोज्दा प्रधानमन्त्रीको कार्यालयबाट भएको हस्तक्षेपले उक्त प्रयास रोकिएको थियो। मिल मालिकहरुले त्यही बेला रकम भुक्तानीको प्रतिवद्धता जनाए पनि अहिलेसम्म दिएका छैनन्। त्यही कारण किसानहरु काठमाडौंमा आएर आन्दोलित हुन बाध्य छन्।

आफूहरु ऋणमा डुबिसकेको बताउँदै उनीहरुले रकम भुक्तानी नपाए आत्महत्या गर्ने चेतावनी दिइसकेका छन्। किसानहरुले माइतीघर मण्डलमा उत्रिएर आन्दोलन गरेपछि कृषि मन्त्रालयले पत्र गृहलाई पत्र लेखेर मिल मालिकहरुलाई पक्राउ गरिदिन आग्रह गरेको थियो।