आफ्ना नेतालाई बिनासर्त रिहा गर्न क्रान्तिकारीको माग

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) ललितपुरले आफ्ना बिद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति जनाको छ । सोमबार संगठनका जिल्ला अध्यक्ष अग्रिमले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

उनले शैक्षिक रुपान्तरण र राष्ट्रिय जागरण अभियानमा शान्तिपुर्ण रुपमा जुटिरहेका संगठनका जिल्ला सचिब ललित जंग बम र सह-सचिब मान बहादुर तिरुवालाई प्रहरीले गैरन्यायिक तथा अमानविय तरिकाले गिरफ्तार गरिएको प्रति घोर आपत्ती जनाउदै रिहा गर्न सरकार संग जोडदार माग गरेका छन् । साथै, आफ्ना बिद्यार्थी नेतालाई तत्काल रिहा नगरिए कडा संघर्षमा जाने चेतावनि समेत दिएका छन् ।

यस्ताे छ बिज्ञप्ति