वीरगन्ज महानगरपालिका अपरेटर १५ हजार घुससहित पक्राउ

 पर्साको ,वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महानगरपालिकाको लेखा शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रामेश कुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले जैसवाललाई १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले उपभोक्ता समितिमार्फत सम्पन्न भएको कामको भुक्तानी दिने प्रयोजनका लागि लिएको घुुससहित जयसवाललाई पक्राउ गरिएको जानकारी दिए ।