अमेरिकाको चर्चमा गोली प्रहार, तीनको मृत्यु

वाशिङटन । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । लगत्तै प्रहरीले कारवाही गर्दा बन्दुकधारी पनि मारिएका छन् ।

सो आक्रमण वेस्ट फ्रिवे चर्चमा भएको हो । बन्दुकधारीले एक्कासी त्यहाँ पुगेर शट गन निकालेर फायरिङ थालेको थियो । आक्रमणकारीको नियतका बारेमा प्रहरीले अझै अनुसन्धान गरिरहेको जनाइएको छ ।

घटना स्थानीय समयअनुसार आइतबार बिहान ११ः५० बजे भएको हो । गोली लागेका दुई व्यक्तिलाई उपचारको लागि अस्पताल लगिएकोमा त्यहाँ मृत्यु भएको हो । (बीबीसी)