राष्ट्रिय संगीतकर्मीसंघ बाँकेको बिशेष साधारणसभा सम्पन्न, अध्यक्षमा शर्मा
कोहलपुर, शनिबार राष्ट्रिय संगीतकर्मी संघ बाँकेको विशेष साधारणसभाबाट अध्यक्षमा ओम शर्मा निर्वाचित भएका छन् ।
होटेल सत्कार कोहलपुरमा भएको संघको विशेष साधारण सभाबाट अध्यक्षमा शर्मा चयन भएका हुन ।
सभाबाट प्रथम उपाध्यक्षमा नवराज शर्मा, द्धितिय उपाध्यक्षमा प्रमोद डि.जी, महिला उपाध्यक्षमा हुमी पुन, सचिवमा कल्पना कार्की, सह सचिवमा इन्द्र वली, कोषाध्यक्षमा गीता नेपाली, सह-कोषाध्यक्षमा जेनिश बुढा, निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा खुमा डागी, सृजना देवकोटा, राजेन्द्र शाही, अमन वली, सविन रसाईली, सरला शाही, संन्दिप परियार, र गोरख योगी चयन भएका छन ।
संघको सल्लाहकारहरुमा ललित पहाडी , देविकी निरौला, शंकर शाही, ठग्गा थारु, मातृका सापकोटा र प्रेस सल्लाहकारमा कविन्द्र परियार चयन भएका छन ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नं ५ का संयोजक थानेश्वर अधिकारी, राष्ट्रिय संगीतकर्मीसंघ कपिलवस्तुका अध्यक्ष पुर्ण चन्द्र परियार, राष्ट्रिय संगीतकर्मी संघ बर्दिया जिल्ला सचिव गगन दर्नाल लगायतको सहभागीता रहेको थियो ।

