नेपालगन्जमा जाडो छल्न ११ नं वडाले गर्यो दाउरा बितरण
प्रकासित मिति : २०७६ पुस १३, आईतवार १०:५५
प्रकासित समय : १०:५५
बाँक,नेपालगन्ज उपहानरपालिका ११ नं वडाले शीतलहरबाट स्थानीय बासिन्दालाई जोगाउन दाउरा बितरण गरेको छ । वडा अध्यक्ष उज्ज्वल सिंह राठौरको नेतृत्वमा आइतबार बिहान दाउरा बितरण गरेको हो । शितलहर बढेकोले त्यसलाई मध्यनजर गर्दै आज चौक चौकमा टोल टोलमा बितरण गरिएको बताइएको छ ।
वडा अध्यक्ष उज्जवल सिंह राठौरको नेतृत्वको टोलीले आइतबार वडाको बिभिन्न स्थानमा टोल र चौकमा दाउरा बितरण गरेको वडा सदस्य मुबारक सिद्दिकीले जानकारी दिए ।
वडा अध्यक्ष राठौरले शीतलहरका कारण वडाबासीहरु अत्याधिक प्रभावित भएका कारण वडा कार्यालयबाट बजेटको ब्यवस्था गरि चौकचौकमा दाउरा बितरण गरिएको बताए ।
चौकचौकमा दाउरा बितरण भएपछि रुथानीयबासीलाई राहत भएको बताइएको छ ।