प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा
प्रकासित मिति : २०७६ पुस १३, आईतवार २२:५८
प्रकासित समय : २२:५८
काठमाडाैँ,सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको आइतबार बिहान बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रदेश ३ को नाम बागमती र राजधानी मकवानपुरको हेटौंडालाई बनाउने सहमती भएको छ ।
प्रदेशको नाम र राजधानी प्रदेशसभाको बहुमतले टुंगो लगाउनु पर्छ । प्रदेश संसदमा नेकपाको बहुमत छ । पुस २० गते अघि नै संसद बस्छ। संसदबाटै नाम र राजधानी टुंगो लगाउने सचिवालयका एक सदस्यले जानकारी दिए ।

