नेकपा सचिवालय बैठकः ओली र प्रचण्डको कुर्सी सँगसँगै
प्रकासित मिति : २०७६ पुस १३, आईतवार १२:०२
प्रकासित समय : १२:०२
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहितको अध्यक्षको हैसियत पाएसंगै उनको हैसियत वृद्धि भएको दृश्य भने पछिल्लो सचिवालय बैठकमा देखियो।
जहाँ नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड दुवैले सँगसँगै राखिएको कुर्सीमा बसेर बैठकमा सहभागिता जनाए। प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त सचिवालय बैठकको फोटोमा दुवै अध्यक्ष सँगसँगै राखिएको कुर्सीमा बसेको देखिन्छ।
यसअघि ओली अगाडिको कुर्सीमा बस्थे भने प्रचण्ड अन्य नेताहरुसँगसँग बस्थे। गत मंसिर ५ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अधिकार सहितको अध्यक्ष हुने निर्णय गरेको थियो।
त्यसपछिका सचिवालय बैठकमा ओली उपस्थित भएका थिएनन्। करिब एक हप्ता चलेको स्थायी कमिटीको बैठकमा पनि ओली उपस्थित भएनन्। यद्यपि, प्रचण्डले ओलीसँगको सल्लाहमा बैठक सञ्चालन गरेका थिए।