तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु
प्रकासित मिति : २०७६ पुस १३, आईतवार १०:०७
प्रकासित समय : १०:०७
हाल तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ भने राती देशभर मौसम सामान्यतया सफा रहनेछ।
सोमबार भने दिउँसो देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ।