एटीएमबाट रकम लुट्न खोज्ने २ पक्राउ
काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् । एटीएम बुटको सटर तोडी एटीएम मेसिन फुटाउने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका–६ घर भइ काठमाडौंको दाउराडिपो बस्ने २४ वर्षीय चित्रबहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् । प्रहरीका अनुसार उनीहरुले ढुंगा, पिलास र फलामको रेञ्च प्रयोग गरेर एटीएम मेसिन फुटाउन खोजेका थिए ।
ढुङ्गाको प्रयोगबाट एटीएम बुथको सटर तोडेपनि उनीहरुले एटीएम मेसिन भने फुटाउन सकेका थिएनन् । फलामको रेञ्च प्रयोग गरेर मेसिन फुटाउन क्रममा दुवैलाई महानगरीय प्रहरी बृत्त थानकोटको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट एटीएम बुथको सटर तोड्न प्रयोग भएको ढुङ्गा, पिलास, फलामको रेञ्च र चक्कु बरामद गरेको छ ।