सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा लागु औषध नष्ट

कृष्णनगर,कपिलवस्तु,सशस्त्र प्रहरी बल कृष्णनगरले लागु औषध नष्ट गरेको छ । शनिबार कृष्णनगरमा करिब नब्बे हजार  बराबरको लागु औषध नष्ट गरेको हो ।

 सशस्त्र प्रहरी बल कृष्णनगरले  कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीका प्रहरी निरिक्षक प्रताप पौडेल लगायतको उपस्थितीमा पूर्ण रुपमा नष्ट गरेको सशस्त्र प्रहरी बल कृष्णनगर नं ३९ का गुल्मपती सुशील कुमार शाहीले जानकारी दिए  ।

त्यस्तै शसस्त्र बलले ( Tramol-50) ४८ पत्ता , (Lorazepam) ७ पत्ता र( Nitrazepam ) १५ पत्ता अबैध औषधी समेत  बरामद गरेकाे जनाएकाे छ  । 

शाहीका अनुसार उक्त औषधीको अनुमानित मुल्य रु नब्बे हजार पर्ने बताइएकाे छ  ।