वडाको कार्यप्रति स्थानियवासी असन्तुष्ट
बाँके,नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का स्थानियवासी वडाको कार्यप्रति असन्तुष्ट छन् । वडाले साेचेकाे जस्ताे विकासका काम नगरेकाे भन्दै असन्तुष्टि जनाएका हुन ।
विकासका लागि कार्य गर्दै आएको जानकारी गराए पनि वडावासीले सो कार्यबाट पिडित भएको जनाएका छन् । वडाको भवन निर्माण र खेलमैदान बनाउनको लागि वडाले पोखरीमा माटो पटान गरेपछि स्थानियको घरमा फोहर पानी पसेपछि स्थानियवासी वडाको कामले असन्तुष्ट भएको जनाएका छन् ।
वडाको लापरवाहीले स्थानिय साह्रै दुख पाएको वडावासी स्थानिय माया कनोजियाले जानकारी गराए । करिव १५-२० दिनदेखि घरमा फोहर पानी पसेको छ, खाना खान मन लाग्दैन स्थानिय माया कनोजियाले भने । वडामा गुनासो गर्दा नेपालगन्ज उपमहानगरपालिका पठाउने गरेको उनकाे गुनाशाे थियाे । घरभरी फोहर पानी छ, सुत्ने वातावरण नै छैन उनले भने ।
खेलमैदान बनाउन र वडा कार्यालयको कार्यालय बनाउनमा कुनै आपत्ती नभएको स्थानिय बाबु अन्सारीले बताए । घरभरी पानी छ, चर्पीको पानी त्यसैमा मिसिएर घरभित्र पसेको छ, चर्पी जान र सुत्न पनि अरुको घरमा धाउनुपर्ने बाध्यता रहेको स्थानिय बाबु अन्सारीले बताए ।
वडामा गुनासो पोख्न जाँदा उल्टै वडा अध्यक्षले धम्की पुर्ण व्यवहारले धम्काउने गरेको स्थानियको आरोप छ ।
पटान गर्नुभन्दा पहिले निकासको बिकल्प वडाले खोज्नुपर्ने स्थानिय कालिप्रसाद पठानले भने । घर ढल्न लाग्दा पनि वडाले मेरो सुनवाई गरेन अहिले स्कुलमा सुत्दै आएको छु स्थानिय एक नागरिकले भने । घरपरिवार नै कोही कता कोही कता सुतिरहेका छौं वडाको लापरवाहीले घरवारविहीन बनाएको दुखेसो पाेखे ।
वडाले माटो पटान सुरु गरेदेखि घर छाडेर घरभाडामा बस्दै आएको स्थानियवासीहरुले बताएका छन् । यस्तै वडा नं. ३ का वडा अध्यक्ष अयुव सिद्दिकीले कुनै पनि इन्जिनियरले खाल्डोमा नाला नबनाउने भएको हुनाले पहिले नै नाला नबनाई माटो पटान गरिने गरेको बताए । वडाको विकासका लागि कार्य भैरहेको छ तर पनि स्थानिय दुख हुन्छन भने हाम्रो भन्नु केही छैन उनले भने ।
यस्तै वडावासीले भने वडाले गरिरहेको लापरवाहीका कारण शनिवार टिप्पर रोकेका थिए । जवसम्म वडाले फोहर पानी निकास नगरेसम्मा काम ठप्प गरिने स्थानियहरुले जानकारी गराएका छन् ।