कठयाङग्रिने जाडोमा बिपन्न परिवारलाई लत्ता कपडा र खाद्यन्न सहयोग

काेहलपुर,बाँके राप्ति सोनारी गाँउपालिका वडा नं. ८ शम्सेरगन्जमा असहाय बिपन्नलाई लत्ता कपडा तथा खाद्यन्न बितरण गरिएको छ । एन.आर.एन निर्बतमान संयोजक जर्मनका महेन्द्र धितालको आर्थिक सहयोगमा १० परिवारलाई लत्ता कपडा र चामल बितरण गरिएको हो ।

राप्तिसोनारी गाँउपालिका वडा नं. ८ मा रहेका केहि बिपन्न र आर्थिक अबस्था कमजोर भएका परिवारलाई सहयोग गरिएको कार्यक्रमका संयोजक नन्द चन्द ठकुरीले बताए । उनले भने बिदेशमा रहेका महेन्द्र धितालले सहयोग गर्ने भनेपनि यस वडामा रहेका बिपन्न र आर्थिक अबस्था कमजोर भएकाहरुलाई सहयोग गरिएको हो ।

उनले भने यस पटक धेरै भन्दा पनि सुरुवात भएको हुदा १० घरपरिवारलाई सामाग्री हस्तान्तरण गरिएको उनले बताए । कार्यक्रममा बोल्दै गोर्ख बहादुर पुरीले यस खालको सहयोगले नेपालीहरु बिदेशमा रहेर पनि सहयोग गर्न आतुर रहेको जनाए । उनले भने यस्ता खालका सहयोगले उनीहरुलाइ सम्पन्ता भन्दा पनि उनीहरुको मनोबल बढाउन सहयोग गर्ने जनाए ।

कार्यक्रममा सहयोग पाए पछि स्थानियहरु प्रफुल्ल बनेका छन । यस्ता खालका सहयोग गर्ने मनहरुलाई धन्यवाद समेत दिएका थिए । सरकारले नहेरेको समयमा यसरी यक्तिगत खर्चमा आफुहरुलाई पनि केहि रकम छुट्टाएर हामीलाई सहयोग गरेकोमा धन्यबाद समेत दिएका थिए । उनीहरुले एउटा फाईबर सिरक र २५ के.जि चामल दिईएको थियो ।