महोत्सवका नाममा तमासा, कठयाङग्रिने जाडोमा स्कुले बिद्यार्थीको बिजोग

नेपालगञ्ज,बाँके नेपालगन्जमा घरेलु महोत्सवका नाममा कलिला बिद्यार्थीहरुलाई सास्ती दिएको पाइएकाे छ ।पछिल्लाे समय महाेत्सवका नाममा धेरै कार्यक्रम हुने र त्यसमा स्कुले बिद्यार्थीहरूकाे बढि प्रयाेग हुने गरेकाे पाइएकाे हाे । त्यस्तै शुक्रवारदेखि नेपालगञ्जमा शुरु भएको पुस २१ गतेसम्म चल्ने प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव–२०७६ मा पनि स्कुले बिद्यार्थीकाे प्रयाेग गरिएकाे छ । पाैष महिनाकाे जाडाे शितलहरे हावामा स्कुले बालबालीकाकाे प्रयाेग गरिएकाे हाे ।  

पछिल्लो समय केहिदिनदेखि तराईमा शितलहरले जनजिवन प्रभावित छ त्यहि शितलहरमा स्कुले बिद्यार्थीलाई ल्याएर महोत्वसका नाममा बालबालिकालाई दुख दिनु जायज नभएको स्थानिय गजिमर अन्सारी बताउछन  । अन्सारी भन्छन महत्सवका नाममा बालबालिकालाई सास्ति दिनु राम्रो हैन ।

पछिल्लो समय महत्वसका नाममा बिभिन्न कार्यक्रमहरू गरेर स्कुले बिद्यार्थी प्रयोग गर्नु उचित नभएको निकट रानाको बुझाइ छ । त्यस्तै महत्सब हेर्न पुगेकी  लक्ष्मि खडकाको बुझाइ पनि त्यस्तै छ जाडोमा बालबालिकालाइ ल्याउनु भन्दा अभिभावक ल्याउनु उचित हुन्थ्यो  किन यस्ताे गरिएकाे हाेला ?  उनि भन्छिन यो सारै हद भयो । पुषको जाडोमा तमासा देखाए जस्तै लाग्यो । 

महत्वसको र्यालीमा  स्कुले बिद्यार्थीहरुलाई ल्याएर कठयांग्रीने जाडोमा उपस्थीत गरिएको छ । जाडोमा बालबालिका प्रयोग गरेकोमा अभिभावकले चौतर्फी बिरोध गरेका छन । 

शुक्रवारदेखि नेपालगञ्जमा शुरु भएको पुस २१ गतेसम्म चल्ने महोत्सवको शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राईले उद्घाटन गरेका छन ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा बाँके र प्रदेश नं ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको भन्ने मूल नाराका साथ दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव–२०७६ मा ३०७ वटा स्टल रहेको महोत्सव मूल आयोजक जनाएको छ ।

प्रत्यक्षदर्शिका अनुसार महाेत्सवमा साेचेकाे जस्ताे अवलाेकनकर्ता उपस्थित हुन नसकेका छैनन । २१ पुससम्म संचालन हुने महोत्सवमा ८० लाख खर्च लाग्ने र एक करोड बराबरको कारोबार हुने बताइए पनि लक्ष्यमा पुग्न गार्हो रहेको जानकारहरुको बुझाई छ ।