अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शाही रिहा
प्रकासित मिति : २०७६ पुस ११, शुक्रबार २१:४७
प्रकासित समय : २१:४७
जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम बहादुर शाही रिहा भएका छन् ।जेठ १ गते काठमाडौंको शान्तिबाटिकामा संगठनको आयोजनामा भैरहेको ५४ अौँ बिद्यार्थी सभावाट गिरफ्तार परेका बिद्यार्थी नेता शाही करिब ७ महिनाको हिरासत बसाईपछि रहा भएका हुन् ।
अदालतले पटक-पटक रिहा गर्न आदेश दिने र प्रहरीले पुन: प्रकाउ गरि फरक-फरक जिल्लामा लगेर मुद्धा लगाउदै आएको थियो ।
सर्बोच्च अदालतमा दायर भएको बन्दि प्रत्यक्षिकरणको रिटमा सुनुवाइ गर्दै रिहाई गर्न आदेश दिएको हो । उनि संगै गिरफ्तार भएका संगठनका केन्द्रीय सदस्य मदन चन्द यस अघिनै रिहा भैसकेका छन् ।