यसकारण सूचना टाँसेर स्थगित गरियो संसद् बैठक

काठमाडौँ, आज १ बजेका लागि बोलाइएको संसद् बैठक विशेष कारणबस बस्न नसकेको भएको भन्दै स्थगित भएको छ ।उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सूचना टाँस गरी बैठक स्थगित गरेकी हुन् । अर्को बैठक १६ गतेका लागि बोलाइएको छ ।

संसद्को कार्यव्यवस्था समिति बैठकले १३ गतेदेखि सभामुख र उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको थियो।