६ वर्ष कैद सुनाइएका डाँकु १७ वर्षपछि पक्राउ
प्रकासित मिति : २०७६ पुस ११, शुक्रबार १२:५४
प्रकासित समय : १२:५४
वीरगन्ज, डाँका (चोरी) मुद्दामा ६ वर्ष कैद र ३६ हजार ४ सय ३२ रुपैयाँ सजाय पाएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।
पर्साको साविक पशुरामपुर गाविस–५ (हाल कालिकामाई गाउँपालिका–४० का ७० वर्षीय मोहम्मद भनिने गुली देवान १७ वर्षपछि पक्राउ परेका हुन् ।
जिल्ला अदालत पर्साले ८ असोज २०५९ मा देवानलाई चोरी तथा डाँका मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष कैद र ३६ हजार ४ सय ३२ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले देवानलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फत्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका देवानलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामो बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।