बादरको आक्रमणबाट ६ बर्षिया अर्चना घाइते
ताैलिहवा,कपिलबस्तु बादरकाे आक्रमणमा परि ६ बर्षिया अर्चना थारू घाइते भएकी छन । कपिलबस्तु नगरपालिका १ स्कुल जाँदै गरेकी अर्चना थारू बादहरुको हुलले आक्रमण गर्दा घाइते भएकी हुन ।
बर्ष ६ कि कक्षा १ मा पढने अर्चना थारुलाई एक्कासी बादरकाे हुलले आक्रमण गरि घाइते बनाएका छन । ६ बर्षिया थारु आफना साथीहरुसंग बिद्यालय जाँदै गर्दा बादरको हुलले आक्रमण गरेको स्थानियले बताएका छन ।
थारुको अनुहारमा बादरले कोतरेको बताइएको छ । बिद्यालय जान हिडेकी उनलाई बादरहरुको हुलले देखेपछि एक्कासी आक्रमण गरेको थियो । बादरले उनको अनुहार, हातको टोकेको स्थानिय प्रत्यक्षदर्शीले बताए ।
त्यस्तै शिबपुरमा १० बर्षिया लक्ष्मि बिकलाइ पनि बादरले टाेकेकाे उनकी अामा रेनु बिकले बताएकी छन । लक्ष्मिकाे उपचारका लागि बुटवल तर्फ लगिएकाे बताइएकाे छ ।
कपिलबस्तुको यो क्षेत्रमा बादरको बिगबिगी हुदा स्कुले बिद्यार्थीलाई हाहे परेको छ । बादर नियन्त्रणका लागि सरोकार वालाले चासो नदेखाए बादर नै सखाप हुने गरी स्थानियले कदल चाल्नुपर्ने स्थानियले बताएका छन ।