साल्तेमर्म सिचाइकुलो निर्माणको संयुक्त अनुगमन
प्रकासित मिति : २०७६ पुस ११, शुक्रबार १०:१७
प्रकासित समय : १०:१७
कालिकोट,पचालझरना गाउपालिका वडा नं संचालित साल्ते मर्म सिचाइकुलो निर्माणको संयुक्तरुपमा अनुगमन गरिएको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा संचालीत कर्णाली क्याप्स परियोजना अन्तरगत संचालनमा रहेको कुलोको जिल्ला स्तरिय अनुगमन गरिएको हो ।
८५ लाख ७६ हजार ६ सय ६४ कुल लागत रहेको साल्तेमर्म सिचाइ कुलोको मानव अधिकार तथा बातावरण बिकास केन्द्र हुरून्डेक नेपालको सहयोग सहजिकरणमा पचालझरना ४ मा रहेको छ । परियोजनाको निर्माण कार्य फाल्गुण महिना सम्म गरि सक्ने उपभोक्ता समितिका अध्यक्ष ऐन बहादुर सेजुवालले बताए ।
विश्वखाद्य कार्यक्रमका राज बहादुर बुढथापाले परियोजनाको काम सन्तोषजनक रहेको जानकारी दिए । सिचाईकुलो निर्माणबाट करिब १९१ घरदुरीका १२०० जना लाभान्वित हुने जनाएयको छ । ३२७ मिटर सिचाईकुलो पालिकाको सडक निर्माण गर्दा केहि क्षति भएको थियो ।