काजकिस्तानमा विमान दुर्घटना, ७ को मृत्यु
प्रकासित मिति : २०७६ पुस ११, शुक्रबार १०:३६
प्रकासित समय : १०:३६
एजेन्सी,काजकिस्तान ,९५ यात्रु र पाँच जना चालक दल रहेको विमान काजकिस्तानमा दुर्घटना भएको छ । आज विहान बेक एयरको फ्लाइट नम्बर २१०० को जहाज अल्माटी विमानस्थलबाट उडान भरेको केहिबेरमा दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।
अधिकारीका अनुसार उडान भरेको केहीबेरमै एक बारमा विमान ठोक्किएको थियो। त्यसपछि दुई तले घरमा बजारिएको थियो । जहाज टुक्राटुक्रा भएको छ।
राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए। दुर्घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइतेको उद्धार भइरहेको छ । थप विवरण आउँन बाँकी छ ।