उत्तर प्रदेशमा हाई अलर्ट, इन्टरनेट समेत बन्द

नागरिकता संशोधन विधेयकका विरद्ध भारतभर प्रदर्शन चर्केका बेला आज हुने जुमेको नमाजभन्दा पहिले उत्तर प्रदेशको अधिकांश क्षेत्रमा धारा १४४ लागु गरेर इन्टरनेट सेवा बन्द गरिएको छ ।

गत हप्ता नागरिकता संशोधन विधेयक र एनआरसीलाई लिएर व्यापक विरोध प्रदर्शन भएको थियो । जसकारण उत्तर प्रदेशका थुप्रै क्षेत्रमा यसअघि नै सुरक्षा सतर्कता बढाइएको थियो ।

प्रदेशका महानिर्देशक पीवी रामशास्त्रीले भने, ‘हामीले प्रदेशका केही जिललामा सुरक्षाकर्मी तैनाथ गरेका छौँ र मानिसहरुसँग कुरा पनि गरेका छौँ ।

८ जिल्लामा इन्टरनेट सेवा एक दिनका लागि बन्द गरेका छौँ । साथै हामी सामाजिक सञ्जालको पनि निगरानी गरिरहेका छौँ ।’मेरठ, सीतापुर, कानपुर, गाजियाबाद, बिजनौर, फिरोजाबाद, अलीगढ लगायतका ठाउँमा इन्टरनेट बन्द गरिएको छ ।