आसन्न नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावमा दुई संगठनको तालमेल

नेपालगन्ज,बाँके नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा नेपाली काँग्रेस निकट प्रजातान्त्रीक उद्योगी ब्यवसायी संघ र राप्रपा निक राष्ट्रिय प्रजातान्त्रीक उद्योग ब्यपार संगठनबिच तालमेल हुने भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै दुई संगठनबीच साझा प्यानल बनाउने सहमती भएको हो ।

संघ र संगठन बिच सहकार्य र सहमतिका साथ आउदो निर्वाचनमा सहकार्य गरेर जाने सम्झौता भएको हो । माघ ११ गते हुन गैरहेको नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको लागि नेपाली काँग्रेश निकट प्रजातान्त्रीक उद्योगी ब्यवसायी संघ र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक उद्योग ब्यपार संगठन बिच तालमेलकाे लागि बुधबार सहमति  भएको हो ।

सम्झौतापत्रमा संघको तर्फबाट अध्यक्ष पुरुषोतम शर्मा र संगठनको तर्फबाट अध्यक्ष सलाउदिन जसगढले हस्ताक्षर गरेका छन ।

व्यवसायीहरुको छाता संगठनका रुपमा अपनत्ववोध गराउँदै अझैं सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने आवश्यक्ताअनुसार लोकतन्त्र र उदार अर्थ नीतिप्रति आस्थावान सम्पूर्ण उद्योगी व्यवसायीहरु संगठीत भएको सम्झौतापत्रमा भनिएको छ ।

यसैवीच साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोड भानुचौकस्थित निर्वाचन सम्पर्क कार्यालय स्थापनासंगै उम्मेदवार चयन प्रक्रियालाई पनि तिव्रता दिएको छ । 

यस्ताे छ सम्झाैता