बलमिच्याई गर्दै उपमहानगरपालिका,सुटुक्क हुन्छन सार्वजानीक सुनुवाई कार्यक्रम
बाँके, नेपालगन्ज उप महानगरपालिकाले बलमिच्याइ गर्ने गरेकाे पाइएकाे छ । नगरको सेवा सुविधाबारे आम सर्वसाधारणलाई समेत जानकारी गराउनुपर्ने भए पनि नगरले धेरैलाई जानकारी नदिई गोप्यमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गर्ने गरेको पाइएकाे हो ।
सराेकारवाला तथा सर्बसाधारणले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम समेत धेरैलाई जानकारी नगराई गर्ने गरेकाे छ । सार्वजनिक सुनवाईबारे अधिकांस संचारकर्मीहरुलाई समेत निम्तो नदिएको संचारकर्मीहरुले गुनासो गरेका छन् । सार्बजानिक सुनुवाइ जस्ताे कार्यक्रम सुटुक्क गर्नु स्वभाविक बिषय हैन एक मिडियाकर्मिले भने ।
बास नेपालगन्जको सहजीकरण र नेपालगन्ज उपमहानगरपालिकाको मुख्य आयोजनामा सुनुवाइ कार्यक्रम भएको थियाे । बिहिवार भेरी प्राबिधिक शिक्षालयको भवनमा सरोकारवाला र स्थानियहरुका बिच छलफल भयो तर धेरै सराेकारवाला निकाय र जानकार राख्ने निकाय देखिएनन ।
सरोकारवालाहरुमा नेपालगन्ज उप महानगरपालिकाको मेयर डा धवल शम्शेर राणा, उप मेयर उमा थापा मगर, र नेपालगन्ज उप महानगरपालिका अन्तर्गत रहेका वडा अध्यक्षहरुको उपस्थितिमा कार्यक्रमको कार्यन्वयवारे छलफल गरिएको थियो । केही वडावासीहरु आफ्नो वडाको समस्या र गतिविधिहरुलाई सम्बोधन गर्दै सभा बीच वडा अध्यक्ष र मेयर डा राणासंग आफनो समस्या व्यक्त गरेका थिए ।
बाँके जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरेको बर्षौ पुग्न लाग्यो तर पनि बाँके जिल्लामा खुल्ला दिसा मुक्तको समस्या उस्तै रहेको वडावासीहरुले बताएका थिए । वडा न ७ का स्थानियले नेपालगन्ज उपमहानगरपालिका खुला दिसा मुक्त घोषणा गरिसक्दा पनि वडा नं ७ मा झन बढि खुल्ला दिसाको समस्या रहेको उनिहरुले बताएका छन् ।
नगरभित्रै खुल्ला दिसामुक्तको समस्या हुदा ग्रामिण वस्तीहरुमा झन विकराल समस्या देखिएको सहभागिहरुले वडा अध्यक्ष र मेयरसंग गुनासो पोखेका थिए । नेपालगन्ज उप महानगरपालिका भित्र अझै पनि सरसफाई, फुटपाथ व्यवासय, बालविवाहको समस्या, हर्न निशेषितको समस्या, नाली सफाई,, सडकमा खाल्डा खुल्डीको समस्या, सडक बत्तिको समस्या, छाडापशु चौपायाको विगविगी लगायत थुप्रै समस्या उजागर गर्नुपर्ने जस्ता समस्याहरु नगरबासीले पोखेका थिए । यस्तै नगरले भने यस्तो समस्याको हल भैरहेको बताएको छ ।